शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ: गृहमन्त्री थापा

मङ्गलबार, ०७ माघ २०७६, १८ : ५२
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका छन् । चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । नेपाल—चीन सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताए ।

गत असोजमा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उनले बताए । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।

चिनियाँ नयाँ वर्षको उपलक्षमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले साँस्कृतिक कार्यक्रम समेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप