बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनाका अभियुक्तहरु पुर्पक्षको लागि जेल चलान

मङ्गलबार, ०७ माघ २०७६, १७ : ५०
मङ्गलबार, ०७ माघ २०७६

पोखरा । फरक—फरक किसिमका सवारी दुर्घटनाका अभियुक्तहरुलाई कास्की प्रहरीले पुर्पक्षको लागि जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार सवारी दुर्घटना गराउँने ४ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । 

बिना लाइसेन्स सवारी चलाएर दुर्घटना गराएको अभियोगमा प्रहरीले सवारी चालक २१ वर्षिय किशोर भण्डारीलाई जेल चलान गरेको छ । प्रहरीका अनुसार गएको पुस ६ गते बिहान करिब ४ बजेर २० मिनेट जाँदा पोखरा महानगरपालिका ६ डिहिगोपाटन सडक खण्डमा उनले चलाएको सवारी दुर्घटनामा परेको थियो । 

ग १ च ९६९९ नम्बरको कार तुल्सिपुर उपमहानगरपालिका ११ का भण्डारीले चलाएका थिए । भण्डारीले चलाएको सवारी दुर्घटनाबाट पोखरा ११ फूलबारीका २२ वर्षिय रेक्स आलेको ज्यान गएको थियो । 

आलेको काठमाडौंको ग्रान्डी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । कारमा सवार अन्य ३ जना पनि दुर्घटनाम परि घाईते भएका थिए । 

दुर्घटनापछि अनुसन्धान गर्दा सवारी चालक भण्डारीको सवारी चालक अनुमति पत्र नभएको भेटिएपछि उनलाई सवारी ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान गर्दा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको केसीले बताए । 

यसैगरी गएको पुस ७ गते पोखरा महानगरपालिका ३० शिसुवा चोकमा सवारी दुर्घटनाका अभियुक्त कृष्ण विश्वकर्मालाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 विश्वकर्माले चलाएको ना ४५ प ५६९४ नम्बरको मोटरसाइकलले शिशुवाबाट डाँडाको नाकतर्फ जाने भित्री सडकमा ८१ वर्षिय पैदल यात्री भानुभक्त तिवारीलाई ठक्कर दिँदा उपचारको क्रममा उनको ज्यान गएपछि उनलाई पुर्पक्षको लागि थुनामा पठाएको प्रहरीले जनाएको छ । 

अभियुक्त विश्वकर्मा पोखरा २६ अर्घौचोक निवासी हुन् । सवारी ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि उनलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए । 

यता विद्यालयमा छोरा पु¥याउन जाँदा सवारीले किचेर सरीता पौडेलले गएको पुस ८ गते ज्यान गुमाएकी थिइन् । पोखरा १७ बिरौटा राममन्दिर नजिकै बालोदय उच्च माविको स्कुल बसबाट खसेर उनले ज्यान गुमाएकी थिइन् । 

धरान नगरपालिका १९ सुनसरी घर भएका स्कुल बस चालक रविन राईको उक्त घटनामा लापरबाही देखिएपछि उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ । ढोक नलगाई स्कुल बस चलाउँदा ज्यान गएको देखिएपछि उनलाई जिल्ला अदालत कास्कीको आदेशमा कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ग १ क २४९९ नम्बरको स्कुल बसले कुल्चेर सरीताको ज्यान गएको थियो । 

यता पोखरा महागनरपालिका ९ पृथ्वी चोकमा मापसे गरि सवारी चलाएर दुर्घटना गराउँने अभियुक्त २५ वर्षिय सुजन परियारलाई प्रहरीले पुर्पक्षको लागि कारागार चलान गरेको छ । प्रहरीका अनुसार वि.क.ले चलाएको ग १७ प ३५४७ नम्बरको स्कुटरले पृथ्वी चोक निवासी ४२ वर्षिय अमृत घिमिरेलाई ठक्कर दिएर भागेका थिए । 

अभियुक्त वि.क.ले चलाएको स्कुटरको ठक्करबाट घिमिरे घाईते भएका थिए । मापसे गरेर सवारी चलाइ अंगभंग गराएको अभियोगम मुद्दा दर्ता गराई उनलाई कारागार चलान गरिएको डिएसपी केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप