शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंक र म्याक्स मनि एसडीएनवीएचडी बीच विप्रेषण रकम भुक्तानी सम्बन्धि सम्झौता

मङ्गलबार, ०७ माघ २०७६, १६ : ३३
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं– हिमालयन बैंक र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एस.डी.एन.बी.एच.डी. बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप