बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्याब्सनले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने

मङ्गलबार, ०७ माघ २०७६, १६ : २७
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्याब्सनको आयोजना र सीटीएफ नेपालको सहयोजनामा सम्मेलन माघ ९ र १० गते काठमाडौंमा हुनेछ । विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडी बढाउन सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए । 

नेपालको श्क्षिा प्रणाली पुरानै विधि र ढंगले अगाडि बढिरहेकोले यसलाई समय सापेक्ष रुपमा अगाडी बढाउन सहयोग गर्ने उद्देश्यले प्याब्सन अगाडी बढिरहेको उनले बताए । अहिलेको आश्यकता शिक्षालाई सीपसँग जोड्न सकेमात्रै व्यवहारिक हुने उनको भनाई छ ।

सम्मेलनमा देश विदेशका विभिन्न विज्ञहरुको आफ्नो प्रस्तुतिहरु दिने कार्यक्रम रहेको छ । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, निजी विद्यालयका सञ्चालक प्रधानाध्यापक, शिक्षक सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा नीतिमा काम गर्ने विज्ञहरु लगायत ३ सयभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्बोधन गर्ने कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यात्मिक मूल्यमान्यता, प्रा.डा.बालचन्द्र लुईंटेलले स्टिम एजुकेशन, डा. सुशील कँडेलले विद्यालयमा मनोविज्ञान लगायत अन्य विज्ञहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप