शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेयर बजारमा उतारचढाव, हिमालयनको प्रोमोटर शेयरले कारोबार उचाल्यो

मङ्गलबार, ०७ माघ २०७६, १५ : ५२
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । बजार कतातिर जान्छ भन्ने अन्यौलमा लगानीकर्ता हुँदा मंगलबारको शेयर बजारमा उतारचढाव देखिएको छ । 

आइतबारसम्म निरन्तर बढेको शेयरबजारमा सोमबार ठूलो करेक्सन देखिएपछि मंगलबार अब बजार परिसूचक बढ्ला कि घट्ला भन्ने अन्यौलता देखिएका कारण बजार खुला भएको केही बिन्दुमाथि र केही बिन्दु तलको हाराहारीमा घुमिरह्यो । तर, अन्त्यमा ३ अंक बढेर बजार बन्द भयो । 

मंगलबार नेप्से परिसूचक १३ सय २०.४७ प्रतिशतमा पुग्दा १२ उपसूचकमध्ये ५ वटामा वृद्धि र ६ वटामा गिरावट देखिएको छ । 

बैंकिङ, जीवन तथा निर्जीवन बीमा, व्यापारमूलक, उत्पादनमूलक र होटल समूह बढ्यो भने विकास बैंक, फाइनान्स कम्पनी हाइड्रोपावर, लघुवित्त र अन्य समूहका उपसूचकहरु घट्यो । यद्यपि नेप्से, सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट परिसूचकहरु सबैमा सुधार देखिएका छन् । यो दिन व्यापारमूलक र निर्जीवन बीमामा १ प्रतिशत भन्दा बढीको सुधार र म्युचुअल फण्ड र अन्य समूहका परिसूचकहरुमा १ अंक भन्दा बढीको गिरावट देखियो । 

परिसूचकमा उतारचढाव देखिए पनि कारोबारका आधारमा भने मंगलबारको बजार उत्साहप्रद नै रह्यो । यो दिन १८३ कम्पनीका १ अर्ब ५१ करोडको बराबरका ४४ लाख ५५ हजार कित्ता शेयर किनबेच भए । 

आज हिमालयन बैंकको प्रोमोटर शेयर र हिमालयन डिस्टिलरीको कारोबार उच्च रह्यो । हिमालयन बैंकको साढे २४ करोड र डिस्टिलरीको साढे १० करोडका शेयर किनबेच भए । एआईशी एशियाको कारोबार पनि करिब साढे ९ अर्ब रह्यो । 

गुराँस लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनी गरी ३ ओटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको बजारमा सबैभन्दा बढी गुमाउने कम्पनी भने ग्लोबल आईएमई लघुवित्त बन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप