बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपसभामुख पद माग्न रामचन्द्र पुगे प्रचण्ड निवास

मङ्गलबार, ०७ माघ २०७६, १५ : १५
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ’ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए ।  पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए । 

काँग्रेसले सभामुख निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार आफ्नो उम्मेदवारी दिएको छैन । सभामुख पदमा नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । उपसभामुख पदमा राजपाले पनि दावी गर्ने बताउँदै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप