शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाद्वारा धनी राष्ट्रका फोहोरले भरिएका १५० जहाज फिर्ता

मङ्गलबार, ०७ माघ २०७६, १५ : ०९
मङ्गलबार, ०७ माघ २०७६

एजेन्सी । मलेसियाले प्लाष्टिकजन्य फोहोर रहेका १५० वटा ढुवानी कन्टेनर फिर्ता गरिदिएको छ । तिनले अमेरिका, बेलायत, फ्रान्स र क्यानडाजस्ता धनी राष्ट्रका फोहोर बोकेका थिए । मलेसियाले आगामी दिन आफ्नो देश ‘डम्पिङ साइट’ नहुने बताएको छ । सन् २०१८ देखि उक्त दक्षिण–पूर्वी एसियाली देशमा अनाधिकृत रुपमा प्लाष्टिकजन्य फोहारको ढुवानी ह्वात्तै बढेको छ । 

चीनमा सञ्चालित ठूलो पुनरचक्रिय उद्योगमाथि त्यहाँको सरकारले प्रतिबन्ध लगाएपछि विश्वका धनाढ्य राष्ट्रका फोहोर चीनका छेउछाउ देशमा अनधिकृत रुपमा लान थालिएको छ ।  त्यसमा पनि मलेसिया मुख्य गन्तव्य बन्न थालेको थियो । मलेसियाली सरकारले अनधिकृत रुपमा भइरहेको यी कार्यविरुद्ध कदम उठाएको हो । 

सोमबार मलेसियाका वातावरणमन्त्री यीओ बी–यिनले फोहोर बोकेका ढुवानी कन्टेनर फिर्ता गरिएकोबारे जानकारी दिँदै १३ देशका ३७३७ मेट्रिक टन फोहोर फिर्ता गरेको बताइन् ।  फिर्ता गरिएका १५० ढुवानी कन्टेनरमध्ये ४३ फ्रान्सका थिए, ४२ संयुक्त अधिराज्य फिर्ता गरिएका थिए । त्यस्तै अमेरिकाका १७ जहाज छन् भने क्यनडाका ११ छन् । 

एक लामो फेसबुक पोस्टमा यिओले लेखेकी छन्,‘मलेसिया विश्वको फोहोर फाल्ने ‘डम्पिङ साइट’ नहोस् भनेर सरकारले कदम उठाएको छ । ’ हाल फिर्ता गरिएको कन्टेनरको खर्च गन्तव्य देश र जहाज सञ्चालक कम्पनीले बेहोर्ने यिओले बताइन् । 

चीनले वातावरण सफाइको लागि भन्दै दुई वर्षअघि प्लाष्टिकजन्य फोहोरको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यस कदमले फोहोर अन्य देशमा फाल्ने देशमा खैलाबैला मच्चिएको थियो ।  भर्खरै ग्रिनपिसले सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०१८ को पहिलो सात महिनामा अमेरिकाबाट मलेसिया निर्यात हुने प्लाष्टिक फोहोर अघिल्लो वर्षको तुलनामा दोब्बर रहेको थियो । 

अघिल्लो वर्ष फिलिपिन्सले क्यानडाबाट आएको फोहोरबिरुद्ध यस्तै अडान लिएको थियो ।  अघिल्लो वर्ष मेमा १८७ देशका सरकारले प्लाष्टिकलाई बेसेल महासन्धिमा  थप्न सहमति जनाए । यो सन्धिले फोहोर सामाग्रीलाई एक देशबाट अर्को देशमा हुने ढुवानीलाई नियमन गर्छ । अमेरिकी सरकारले पनि त्यसमा सहमति जनाएको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप