शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा नयाँ बञ्जी, क्यान्टिलिभर ब्रीजको डिजाइनमा निर्माण

मङ्गलबार, ०७ माघ २०७६, १४ : ५६
मङ्गलबार, ०७ माघ २०७६

पोखरा- बञ्जी नेपाल एडभेन्चर्स प्रालिले पोखरास्थित रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा नयाँ बञ्जी बनाएको छ । साहसिक खेलहरुका लागि प्रख्यात नेपालकै पर्यटकिय नगरी पोखरामा निर्माणधिन नयाँ बञ्जी फागुनबाट संचालनमा आउने कम्पनीले बताएको छ ।

लेकसाइडबाट मात्र साढे दुई किलोमिटर दुरीमा रहेको यो बञ्जी न्युजिल्यान्ड, जापान, मकाउलगायत देशमा बञ्जी मास्टरको रुपमा लामो समय काम गरि स्वदेश फर्किएका सन्तोष भट्टराईलगायतको समूहको लगानीमा निर्माण गरिएको हो ।

करिब ८ करोडको लागतमा निर्माणाधिन बञ्जीमा सन्तोष भट्टराई, राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्री, शान्ती लम्साल भट्टराई र बुद्धीनाथ बराललगायतको संयुक्त लगानी रहेको छ ।

रातोपैरा बञ्जीका अध्यक्ष समेत रहेका भट्टराईले अन्तर्राष्ट्रिय स्तरमा बञ्जीको लोकप्रिय नाम ‘गो बञ्जी’सँगको प्राबिधिक समन्वयमा निर्माण गरिएको बताए । यो आइएसओ स्टान्डर्डमा निर्माण गरिएको पनि उनले जानकारी दिए ।

क्यान्टिलिभर ब्रीजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जी जम्पका लागि ५५ मिटर लामो प्ल्याटफर्म निर्माण गरिएको छ । सेती नदि देखि १२१ र १२५ मिटरको उचाईमा दुई वटा प्ल्याटफर्म निर्माण गरिएको छ । 

त्यसैगरी, बञ्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यू टावरको स्वरुप प्रयोग गरिने र जहाँबाट टावर क्लाइम्बिङ पनि गर्न सकिने अध्यक्ष भट्टराई बताउँछन् ।

हिमालको मनोरम दृश्यावलोकन गर्दै बञ्जी गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा यो बञ्जी पर्नेमा कम्पनी ढुक्क छ । साथै बञ्जी गर्न आउनेहरुको लागि भनेर परिसरमै रेस्टुरेन्ट निर्माण गरिएको कम्पनीले बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप