शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेदवारी दर्ता (७ तस्बिरमा हेर्नुहोस् )

मङ्गलबार, ०७ माघ २०७६, १२ : ०१
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । 

मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् । 

सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् । 

उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफू सभामुखमा निर्वाचित भए संसदको ओज र गरिमा उचो राख्ने छोटो प्रतिकृया दिएका छन् । 

नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखमा काँग्रेसले भने उम्मेदवारी नदिने भएको छ । 

निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ । 

तस्बिरहरुः शम्भु दंगाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप