शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

मङ्गलबार, ०७ माघ २०७६, ११ : २७
मङ्गलबार, ०७ माघ २०७६

सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशीलकुमार चौधरीको मोटरसाइकल दुर्घटनमा परी निधन भएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गाउँपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष चौधरीको मृत्यु भएको भएको हो ।

पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ३८ वर्षीय वडाध्यक्ष चौधरी सवार ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको सप्तरीका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।

दुर्घटनापछि घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई राजविराज पठाइएको थियो । थप उपचारका लागि राजविराजतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

चौधरी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप