शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ

मङ्गलबार, ०७ माघ २०७६, ११ : ०८
मङ्गलबार, ०७ माघ २०७६

धनुषा । धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ ।

सोमबार सपहीको मेन रोडमा रहेको अमरज्योति लज एन्ड गेस्ट हाउसबाट दिउँसो ४ बजेको समयमा एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ । उक्त गेस्ट हाउसका सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।

पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप