शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियामा बर्सियो ‘बल’ जत्रो असिना

मङ्गलबार, ०७ माघ २०७६, १० : ०३
मङ्गलबार, ०७ माघ २०७६

अष्ट्रेलियाको दक्षिणपूर्वी भूभागमा ‘गल्फ बल’ जत्रो असिना बर्सिएको छ । उक्त असिनले कारको झ्यालमा क्षती पुर्‍याउनुका साथै थुप्रै चराचुरुङ्गीलाई घाइते बनाएको जानकारीमा उल्लेख छ । धुलोको मुस्लोयुक्त भयानक आँधी आएको २४ घण्टा नबित्दै उक्त स्थानमा असिना परेको हो ।

सोमबार अपरान्ह देशको राजधानी क्यानबेरामा बलजत्रो असिना परेको हो । असिना परेसँगै कोही मानिस ओत लाग्न दौडिए भने असिनाको सम्भावित क्षतीबाट बच्नका लागि ड्राइभरले आफ्नो साधनलाई अन्डरग्राउन्ड पार्किङतिर कुदाए ।

१५ मिनेटपछि २ इन्च चौडाइ भएको असिना पर्न रोकियो तर ती गाडीको झ्यालको सीसा फुटाउन र दर्जनौं चराचुरुङ्गीलाई चोट पुर्‍याउन पर्याप्त भएको क्यानबेरामा रहेको अष्ट्रेलियन संस्थाका अनुसन्धानकर्ता तोम स्वानले जानकारी दिए ।

अष्ट्रेलियाको मौसम विभागका अनुसार उक्त असिना अब सिड्नी, ओलङ्गङ्ग र न्यूक्यासल सरेको छ । मौसम विभागले उक्त क्षेत्रमा विनासकारी आँधी, ठूला असिना र भारी वर्षाको सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ ।

उक्त असिना आइतबार बेलुकी धुलोको आँधी आएको २४ घण्टा नबित्दै परेको हो ।  उक्त आँधीले शहरलाई घप्लक्कै छोपेको थियो भने सूर्यलाई पनि ढाकेको थियो जसका कारण केही शहर दिउँसै अँध्यारो भए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप