शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हामी जस्तो छौं, हाम्रो विचार त्यस्तै हुन्छ र अरुलाई पनि त्यस्तै सोच्न थाल्छौं

मङ्गलबार, ०७ माघ २०७६, ०९ : २८
मङ्गलबार, ०७ माघ २०७६

हाम्रो विचार नै हाम्रो व्यक्तित्व हो । यसबारे एउटा लोककथा प्रचलित छ । यो कथामा विचारको महत्वबारे बताइएको छ । लोककथा अनुसार निकै समयअघि कुनै गाउँमा एक यात्री पुगे । उनले गाउँमा प्रवेश गर्नेबित्तिकै एक वृद्धलाई गाउँका मानिस कस्ता छन् भनेर सोधे । गाउँका मानिसहरुले कसैको मद्दत गर्छन् गर्दैनन् भनेर पनि सोधे । यो प्रश्न सुन्ने बित्तिकै ती वृद्धले ती यात्रीलाई प्रतिप्रश्न गर्दै भने, ‘पहिला यो भन कि जुन गाउँमा तिमी बस्छौ त्यहाँका मानिस कस्ता छन् ?’

– यात्रीले दुःखी हुँदै भने, ‘बाबा, म जुन गाउँमा बस्छु त्यहाँका मानिसहरु निकै खराब छन्, ती मानिसहरुले कहिले पनि मेरो मद्दत गरेका छैनन् । गाउँलेले मलाई सधैं तथानाम भनिरहन्छन् । त्यसकारण म गाउँ छोडेर यहाँ आएको हुँ ।’

– वृद्धले भने, ‘यो गाउँका मानिसहरु पनि निकै खराब छन्, यहाँ कसैले पनि तिम्रो मद्दत गर्नेवाला छैनन् ।’

यो कुरा सुनेर ती व्यक्ति अर्को गाउँ गए ।

– केही बेरपछि अर्का एक यात्री त्यहि गाउँमा आए र त्यही वृद्धलाई गाउँका मानिसहरु कस्ता छन् भनेर सोधे । अर्का यात्रीले पनि पहिले यात्रीले झैं गाउँलेले अरुको मद्दत गर्ने नगर्ने सोधे । वृद्धले पहिलो यात्रीलाई झैं उनलाई पनि सोधे, ‘तिमी जुन गाउँमा बस्छौ त्यहाँका मानिसहरु कस्ता छन् ?’

– ती यात्रीले खुसी हुँदै भने, ‘म जुन गाउँबाट आएको छु त्यहाँका मानिसहरु निकै राम्रा छन् । सधैं अरुको मद्दत गर्न तयार हुन्छन् । म रोजगारको सिलसिलामा यो गाउँमा आएको हुँ । यो सुनेर वृद्धले भने, ‘यो गाउँका मानिसहरु पनि निकै राम्रा छन् र सबैलाई मद्दत गर्छन् ।’ यो सुनेर दोस्रो यात्री त्यही गाउँमा बसे ।

कथाको पाठः

यो सानो कथाको पाठ यो हो कि हरेक व्यक्तिमा राम्रो नराम्रो दुबै हुन्छ तर जो व्यक्ति अरुको नराम्रो मात्र खोज्छन् भने उनीहरु कहिले पनि सुखी हुन सक्दैनन् । यस्ता व्यक्तिले कहिले पनि मान–सम्मान पाउँदैनन् । नकारात्मक विचारका कारण व्यक्तिको व्यक्तित्व पनि नकारात्मक हुने गर्छ । यस्तो विचारबाट बच्नुपर्छ । सधैं मानिसहरुको राम्रो कुरामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । सकारात्मक हुनुहुन्छ भने हरेक स्थानमा मान–सम्मान र सफलता पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप