बग्दादस्थित अमेरिकी दूतावास रहेको ग्रीन जोन क्षेत्रमा तीन रकेट प्रहार
एजेन्सी । मङ्गलबार बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको छ । सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको ‘ग्रीन जोन’ क्षेत्रमा इराकी सरकारी भवन र अमेरिकी दूतावाससमेत कैयौँ विदेशी नियोगहरु छन् ।
रकेट बग्दादबाहिरको जाफरानीया जिल्लाबाट प्रहार भएको मानिएको छ । स्रोतका अनुसार तीनमध्ये दुई रकेट अमेरिकी दूतावास नजिकै खसेको थियो ।
रकेट खसेपछि ग्रीन जोनमा साइरन बजेको सुनिएको थियो ।
पछिल्लो समय ग्रिन जोन क्षेत्रमा रकेट आक्रमणको घटना बढिरहेको छ र अमेरिकाले यसका लागि इरानसमर्थित अर्धसैन्य समूहलाई जिम्मेवार ठहराएको छ । तथापि आक्रमणहरुको कसैले जिम्मा लिएको देखिँदैन ।
अमेरिकाले जनवरी ३ मा एक शीर्ष इरानी सैन्य कमाण्डरको हत्या गरेपछि इराकमा तनाव बढेको छ ।
यता, इराकमा महिनौँदेखिको सरकारविरुद्ध प्रदर्शन पुनः सुरु भएको छ । सोमबार प्रदर्शनकारीमाथि प्रहरी कारबाही गर्दा पाँचको मृत्यु भयो ।
इराकका लागि संयुक्त राष्ट्रसङ्घका दूतले इराकी राजनीतिक दलहरु राजनीतिक सुधारमाफत प्रदर्शनकारीको माग सम्बोधन गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् ।
‘मानिसको चिन्ता र चासो सम्बोधन गर्न हालसम्म उठाइएका कदमलाई कार्यन्वयन नगर्ने हो भने त्यो खोक्रो वाचा ठहरिनेछ,’ दूत जेनाइन हेनिस–प्लासचार्टले एक वक्तव्यमा भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग सह्य हुँदैन र जुनसुकै हालतमा यस्तो कदम उठाइनुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !