बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

सोमबार, ०६ माघ २०७६, २२ : ०९
सोमबार, ०६ माघ २०७६

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप