पोखरामा विद्यालयस्तरीय नाटक महोत्सव
पोखरामा । पोखरामा विद्यालयस्तरीय नाटक महोत्सव सुरु भएको छ । महानगरका १० विद्यालयले भाग लिएको उक्त नाटक महोत्सव १४ माघसम्म चल्नेछ । नाटक महोत्सवको सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे । नाटक महोत्सवको उद्घाटन पछि पहिलो दिन ‘कोही किन बरबाद होस्’ मञ्चन गरिएको थियो ।
महोत्सवमा ९ नाटक मञ्जन हुनेछन् । जसमध्ये ८ वटा नाटक विद्यालयका छन् भने एउटा नाटक थिएटरले मञ्चन गर्ने छ । जुन नाटक ‘कोही किन बरबाद होस्’ आज मञ्चन भएको छ । नाटक महोत्सवमा हिल प्वइन्ट माध्यमिक विद्यालयले ‘ऐना’ नाटक मञ्चन गर्नेछ । प्रतिभा माविले ‘गलबन्दी’, डायमन्ड माविले ‘मुनामदन’, बाल कल्याण हाइ स्कुलले ‘मेरो बचपनको साथी’, प्रगती माविले ‘आत्मा मरेका सन्तानहरु’, राइजिङ स्टार एकेडेमीको ‘आह्वान’, भानुभक्त माविले ‘डाँडा खेत’ र महोत्सवको अन्तिम दिन एसओएस हर्पन माविको ‘विद्धतामा धोका’ गरि ९ नाटक मञ्चन हुनेछन् ।
पोखरा थिएटरको आयोजनामा सुरु भएको महोत्सवमा महानगर भित्रका १० विद्यालयले नाटक महोत्सवमा भाग लिन आवेदन भरेका थिए । मंसिर १५ सम्ममा आवेदनको अन्तिम म्याद तोकिएकोमा १० विद्यालयको आवेदन परेको थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए ।
आवेदन परेका १० विद्यालयबाट नाटक महोत्सवमा भाग लिन ८ विद्यालय छनौटमा परेको उनले बताए । नाटकमा भाग लिनका लागि माध्यमिक तहका विद्यार्थीले नाटकमा अभिनय गर्न पाउने र लेकन, निर्देशन अरुले नै गर्न पाउने साथै नाटक ४० मिनेट देखि १ घन्टा सम्मको हुनुपर्ने मापदण्ड तोकिएको उनले बताए ।
नाटक महोत्सवमा भाग लिनका लागि योग्य टिम छनौटका लागि रंगकर्मी प्रकाश घिमिरेका संयोजकत्वमा ५ सदस्यीय कमिटी बनाइएको थियो । घिमिरेको संयोजकत्वमा बनेको कमिटीमा अनुप बराल, गणेश पौडेल, प्रतिला तुलाचन र परिवर्तन कार्कीसहित ५ सदस्यीय कमिटी बनेको थियो ।
उक्त कमिटीले आवेदन दिएका १० बाट ८ जनालाई समावेश गराउने निर्णय गरेको थियो । विद्यालयस्तरिय नाटक महोत्सवका आयोजनाले रंगमञ्च अझ फैलिदै जाने विश्वास लिएको अध्यक्ष कार्कीले बताए । ‘विद्यालय भनेको रंगमञ्चको आधार नै हो,’ उनले भने, ‘विद्यालयबाट हामीले राम्रो रंगकर्मी उत्पादन गर्न सक्छौं । रंगमञ्च र नाटक विद्यालयमा पढिने चिज पनि हो । योसँगै बालबालिकाको नेतृत्व क्षमता विकासको जोडिने हुँदा यसमा उनीहरुको सिर्जनात्मक क्षमता पनि जोडिएको छ ।’
रंगकर्मलाई विस्तार गर्नको लागि सबैभन्दा पहिला विद्यालयमा नाटक पु¥याउनुपर्ने उनले बताए । महानगर भित्रका ६ विद्यालयका विद्यार्थीलाई एकवर्षे अभिनय कोर्ष पनि दिएको उनले जानकारी दिए । ‘उनीहरुलाई प्लाट फर्म निर्माण होस्, विद्यालयको पनि यो प्रति आकर्षण बढोस् भन्ने हिसाबले पनि यो महोत्सवका आयोजना गरेका हौं,’ उनले भने ।
साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गरेर महोत्सवको सुरुवात गरिएको थियो । नाटक बिहान साढे ११ बजे र दिउँसो २ गरि दिनमा २ पटक मञ्चन हुनेछ । नाटककको शुल्क विद्यार्थीको लागि १ सय र सर्वसाधारणको लागि २ सय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ