मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

परमिताको ‘दि कर्मा’ सेन्सर पास

सोमबार, ०६ माघ २०७६, १७ : ५९
सोमबार, ०६ माघ २०७६

काठमाडौं । यही माघ १७ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दि कर्मा’ सेन्सर पास भएको छ ।  चलचित्र सेन्सर बोडले फिल्मलाई पिजी सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो ।

पिजी सटिफिकेट पछि अब यो फिल्म १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ हेर्नुपर्नेछ । सेन्सर बोर्डले फिल्मको एक्सन दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको निर्माता जय राज रायले बताए । ‘सेन्सरका कर्मचारीले फिल्म मन पराएका छन्’ उनले भने ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको फिल्म ‘दि कर्मा’ देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा निर्माता जयराज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बिएल र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छन् ।

फिल्ममा करण वर्मा, निता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप