शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ : स्वर्गीय शर्मालाई प्रादेशिक सम्मान दिने निर्णय, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

सोमबार, ०६ माघ २०७६, १७ : ५५
सोमबार, ०६ माघ २०७६

बुटवल ।  प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेललाई  प्रदेशिक सम्मान दिइने भएको छ । शर्माको सोमबार दिउँसो निधन भएको थियो । 

सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले शर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रादेशिक सम्मान दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए  । 


यस्तै बैठकबाट प्रदेश ५ का २ वटा अस्पताल विकास समितिमा अध्यक्ष र सदस्य मनोनयन गरिएको छ । मन्त्रिपरिषद् बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सूर्य बहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरिएको चौधरीले चौधरीले जानकारी दिए  ।

यस्तै बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको सदस्य पदमा  रिज्ज श्रेष्ठ र रोल्पा अस्पताल विकास समितिको सदस्य निमकुमारी सिंहलाई मनोनयन गरेको छ ।

बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा गर्न लागेको एक्स्पो कार्यक्रम स्वीकृत गरेको छ । एक्स्पो दाङमा माघ १० गतेदेखि १२ गते सम्म सञ्चालन गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप