शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा ३ सय ५ मतदातले ३ जना राष्ट्रियसभा सदस्य छान्दै

सोमबार, ०६ माघ २०७६, १७ : ४२
सोमबार, ०६ माघ २०७६

माघ ९ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ५ का उम्मेदवारहरु मतदातासँग मत माग्न व्यस्त छन् । ३ सिटको लागि हुन लागेको निर्वाचनमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

 ३ सय ५ मतदाता रहेको प्रदेश ५ मा राष्ट्रिय सभाका उम्मेदवारले भेटेर, फोन गरेर तथा एसएमएसमार्फत भोट माग्ने गरेका छन् ।

 नेपाली काँग्रेसकाबाट राष्ट्रियसभा लागि उम्मेदवार बनेका अर्घाखाँचीका बालकृष्ण पाण्डेयले आफू अहिले भोट माग्नका लागि नवलपरासीमा रहेको बताए । 

उनले रातोपाटीसँग भने, ‘हिजो प्रदेशसभा बैठक बस्नुअघि प्रदेशमा सदस्यहरुसँग मत मागेा, आज नवलपरासी सकेर कपिलबस्तु जाने योजना छ ।’ उनले आफूले आइतबार मुख्यमन्त्री शंकर पोखरेलसँग पनि मत मागेको बताए । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका दाङका जगप्रसाद शर्माले पनि मत माग्ने कार्यलाई तीव्रता दिएका छन् । भेटघाट, फोन, एसएमएस आदिबाट आफूले भोट मागिरहेको उनले बताए । पाण्डेय र शर्मा जस्तै चुनावी मैदानमा खडा भएका उम्मेदवार सबै यसैगरी मत माग्न व्यस्त छन् । 

प्रदेश ५ बाट तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका ९ उम्मेदवार चुनावी दौडमा छन् । 

नेकपाबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भट्टराई र कपिलबस्तुबाट विमला घिमिरे उम्मेदवार बनेका छन् । यस्तै नेपाली कांग्रेसबाट दाङकी गिरिजादेबी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डेय र बाँकेका मेराज अहमद हलवाई उम्मेदवार रहेका छन् । 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार समाजवादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८७ जना, स्थानlय तहका प्रमुख तथा उपप्रमुख २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता रहेका छन् ।

जसमा नेकपाको १७९ मत रहेको छ  भने नेपाली काँग्रेसको ८७ मत रहेको छ । यस्तै संघीय समाजवादी पार्टीको तर्फबाट १८ मत रहेको छ । जनमोर्चाबाट ६ मत हुँदा बाँकी मत अन्य साना पार्टीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप