शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनः  राजपाका उम्मेदवारविरुद्ध उजुरी

सोमबार, ०६ माघ २०७६, १७ : २२
सोमबार, ०६ माघ २०७६

जनकपुर । प्रदेश २ मा राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखर प्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा काँग्रेसले उजुरी दिएको हो । 

सोमबार नेपाली कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका भोला पजियारले शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् । 

सरहा जिल्ला अदालतबाट सिंह  कुटपिट मुद्दामा दुई वर्ष कैद र जरिवाना सुनाइएका व्यक्ति भएकाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएको पजियारले दावी गरेका छन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको पजियारले बताए ।

अदालतबाट फौजदारी कसुरमा दोषि ठहर भैसकेका व्यक्ति भएकाले तत्काल उनको उम्मेदवारी मनोनयन खारेजीको माग गरिएको छ । 

सर्वोच्च अदालतले पनि शेखरप्रसाद सिंहको हकमा २०५६–०९–०१ गते सप्तरी जिल्ला अदालतले तोकेको दुई वर्ष कैद सजायको फैसलालाई नै सदर गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप