मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या आरोपी तीन जना पक्राउ

सोमबार, ०६ माघ २०७६, १६ : ५३
सोमबार, ०६ माघ २०७६

पर्सा । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् ।

 गत पुस १९ गते साँझ सुरेन्द्रको चक्कु प्रहारबाट हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  त्यसयता उनीहरु फरार रहेका थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप