शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुसिकोट नगरपालिकाको नगरसभा सम्पन्न

सोमबार, ०६ माघ २०७६, १६ : ४३
सोमबार, ०६ माघ २०७६

 गुल्मी। मुसिकोट नगरपालिका गुल्मीको छैठौं नगरसभा सम्पन्न भएको छ ।  नगरपालिकाको सभाहल वामीटक्सारमा सम्पन्न नगरसभाले  विभिन्न ऐन परिमार्जन गरेको छ ।  नगरसभाले  शिक्षा तथा सामाजिक विकास संयोजक हरि छन्तेल र आर्थिक संयोजक प्रकाश काफ्लेले  सार्वजनिक खरिद नियमावली २०७४ लाई संसोधन गर्न बनेको विधेयक २०७६  प्रस्तुत गरे अनुरुप पारित भएको छ ।

त्यस्तै बातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, जोखिम युक्त वस्ति स्थानान्तरण तथा पुनःस्थापना सम्बन्धि कार्यविधि २०७६, मुसिकोट नगरपालिकाको जग्गा लिजमा लिने सम्बन्धि कार्यविधि २०७६, नगरपालिकाको विनियोजन ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक २०७६ पारित गरेको छ।

त्यस्तै नगर शिक्षा ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पनि पारित गरेको छ।

सभामा विधेयक माथिको दफावार छलफलमा सभासद्हरु पूर्ण बहादुर हितान, पूर्ण बहादुर थापा, गोविन्द खरेल, शंकर परियार, नर बहादुर खत्री, रेणु सापकोटा, संकर रायमाझी, लक्ष्मण खराल, दल बहादुर थापा लगायतले सुझाव तथा टिप्पणी राखेका थिए ।

  पौस २५ गते वाट सुरु भएको सभाले चालु आर्थिक वर्ष २०७६÷७७ को बजेट सम्सोधन समेत  गरेको छ। सभाले चालु तर्फको ४ करोड ९६ लाख १९ हजार बजेट संसोधन गरि पुँजिगत खर्चमा रकमान्तर गरेको छ। नगर भित्र  गौरवको  योजनाका रुपमा रहेका आँपचौर प्राविधिक शिक्षालय, मुसिकोट दरवार लगाएतका योजनामा  वजेट छुट्याइएको नगरपालिकाका सुचना अधिकृत समुन्द्र रायमाझिले जानकारी दिए।

सो सभाको सञ्चालन नगरसभाध्यक्ष मेयर सोमनाथ सापकोटाले  गरेका थिए । सभामा नगरसभा उपाध्यक्ष उपमेयर कमला शर्मा, सभा सचिव निमित्त प्रमुख प्रशासकिय अधिकृत निरञ्जन ज्ञवाली सहित नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप