शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केही मन्त्री लगाम बिनाको घोडाजस्ता भए : रावल

सोमबार, ०६ माघ २०७६, १६ : ३१
सोमबार, ०६ माघ २०७६

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री लगाम बिनाको घोडाजस्ता भएको आरोप लगाएका छन् ।

सोमबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले केही मन्त्रीहरु जनताप्रति उत्तरदायी नभइ स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै उनीहरुलाई ठीक ठाउँमा ल्याउन मुख्यमन्त्रीलाई विशेष आग्रह समेत गरे ।

नेता रावलले सामाजिक विकास मन्त्रालयले गरेको एम्बुलेन्स खरिद, अल्ट्रा साउण्ड मेसिन खरिदलगायतमा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग समेत गरे ।

उनले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकका नाममा व्यापक आर्थिक अनियमितता हुने गरेको बताउँदै अन्य मन्त्रालयमामा पनि अध्ययन गरिरहेको बताए । उनले हालै सुदूरपश्चिम प्रदेशमा भएको हिमपातले बालीनालीमा तथा जनधनमा व्यापक क्षति पुगेकोले प्रदेश सभाले संकल्प प्रस्ताव पारित गरी राहत उपलब्ध गराउन माग गरे ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशसभाले बनाएका ऐन कानुन निर्माण गरीसकेकोले ती ऐन नियम कानुनहहरुको कार्यान्वयन पक्षबारे अनुगमन समीक्षा गर्नुपर्ने माग गरे ।

उनले प्रदेशसभाबाट पारित भएका ऐन कानुनको कार्यान्वयनबारे सरकारले गर्ने होकि प्रदेशसभाले गर्ने हो भन्ने प्रश्न  गरे । त्यसैगरी राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य मालावती रानाले प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको धाराणा राखिन् । प्रदेससभाको अर्को बैठक मंगलबार १२ः३० मा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप