शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किक बक्सिङ खेलाडी अविरललाई जापानमा उपाधी

सोमबार, ०६ माघ २०७६, १५ : ४६
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् । 

टोकियोमा नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर पहिलो नकाउट हानेका हुन् । २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् ।

जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायीक खेल खेल्दै आएका अविरलले जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । हालसम्म उनले ७ वटा नकाउट र ५ वटामा समान जित हासिल गरि नेपालको झण्डा फराउन सफल भएका छन् । 

खेल हेर्न पुगेका दर्शकहरूलाई रिङ् भित्रबाटै नेपाली झण्डा फहराउँदै अविरलले उपस्थित सयौं जापानी नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे । 

पछिल्लो समय किक बक्सिङगमा निरन्तर जित हात पार्दै आएका अविरल जापानमा हिमालयन चितुवाको नामले परिचित छन् । अविरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकलाई दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप