मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदातालाई निर्वाचन आयोगको अपील

सोमबार, ०६ माघ २०७६, १५ : ३७
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताले मतदान केन्द्रमा आउँदा मतदाता परिचयपत्र वा फोटोसहितको अन्य परिचयपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने भएको छ ।
निर्वाचन आयोगले सोमबार विज्ञप्तिमार्फत जनाएअनुसार मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्तो मतदाताको प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाण हेरी निजको नाम मतदाता नामावलीमा छ÷छैन र मतदाता नामावलीमा भएको विवरणसँग भिडाइ यकिन गर्नुपर्ने भएकाले मतदाता परिचयपत्र वा फोटोसहितको अन्य कुनै परिचयपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने छ ।
आयोगका अनुसार मतदाताले प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र र आयोगबाट स्थानीय तह निर्वाचन २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा जारी भएको मतदाता परिचयपत्र लिएर आउनुपर्ने छ ।
त्यस्तो परिचयपत्र हराए वा नष्ट भएको भए नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई एकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप