शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभाको अर्को बैठक आज ४ बजे, अब ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने

सोमबार, ०६ माघ २०७६, १४ : ००
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको पहिलो बैठकले बैठकको कार्यसूचीमा रहेका कार्यक्रम हटाएको थियो ।

लगत्तै उपसभामुख तुम्बाहाङ्फेले लामो समयदेखि सभामुख पद रिक्त रहेको जानकारी दिँदै दलहरुले सभामुखबारे महत्त्वपूर्ण निर्णय गरेपछि आफूले मार्गप्रशस्त गर्ने प्रतिबद्धता आफूले बारम्बार जनाउँदै आएको स्मरण गराइन् ।

उपसभामुख पदमा आफूले निर्वाह गरेको भूमिका, सभामुख चयनमा भएको विलम्ब लगायतमा विषयमा आफ्नो धारणा राख्दै उनले सभाबाट उपसभामुखका हैसियतबाट औपचारिक रुपमा बिदा लिँदै दिउँसो ४ बजे अर्को बैठक बस्ने गरी पहिलो बैठक अन्त्य गरेकी हुन् ।

४ बजे बस्ने बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभामा जेठो सदस्यका रुपमा रहेका महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप