बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सोमबार, ०६ माघ २०७६, १३ : ५८
सोमबार, ०६ माघ २०७६

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ  लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यसैगरी, भक्तपुर नगरपालिका-४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशी लगायत ४ जनालाई नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप