शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुख संसद भवनमा, पहिलो चरणको बैठकको अध्यक्षता आफैले गर्ने

सोमबार, ०६ माघ २०७६, १३ : १२
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् । त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् । 

सिंहदरबारमा सोमबार बिहान नेकपा  संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र  सचेतक पुष्पा भुसालसँग छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको हो । 

उनको राजीनामापछि जेष्ठ सदस्यको हैसियतमा राजपा सांसद महन्थ ठाकुरले राजीनामा पत्र पढेर सुनाउनेछन् । 

सिंहदरबारमा भएको छलफलपछि शिवमाया पहिलो चरणको बैठक आफैले सञ्चालन गर्ने प्रतिक्रिया दिँदै संसद भवन नयाँ बानेश्वरतर्फ लागेकी छिन् । 

उनले पहिलो चरणको बैठकमा आफ्नो कुराहरु राख्ने पनि जानकारी दिए । केहीबेर बैठक सञ्चालन गरेर स्थगित गर्ने र त्यसपछिको बैठकमा जेष्ठ सदस्यले संसद चलाउनेछन् । 

नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमाया उपसभामुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पुगेकी हुन् । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने संवैधानिक प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप