शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय सेना दिवस : नेपाली गोर्खा सैनिकको प्रशंसा

सोमबार, ०६ माघ २०७६, १२ : ५०
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । ७२ औँ भारतीय सेना दिवसको अवसरमा आइतबार नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताए । दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनले उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरे ।

उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता व्यक्त गर्दै राष्ट्र निर्माणमा उनीहरुको अथक प्रयासको प्रंशसा पनि गरे ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताए ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरे । सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी,सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारी उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप