प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी
काठमाडौं । पछिल्लो समयकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् ।
अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर दुबै फिल्म बक्सअफिसमा असफल ठहरिए । सायद त्यसैले पनि होला उनी अहिले मौन छिन् ।
पछिल्लो समय उनी प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । जसको पुष्टि उनले बेलाबेलामा सार्वजनिक गर्ने तस्विरले पनि गर्दछ ।
यसैबीच, साम्राज्ञीले एक म्यूजिक भिडियो समेत अभिनय गरेकी छन् । साम्राज्ञीले प्रेमी देवांशसँग म्युजिक भिडियोमा काम गरेकी हुन् ।
साम्राज्ञी आफैले प्रेमीसँगको तस्वीर सार्वजनिक गर्दै म्युजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी हुन् ।
अब म्युजिक भिडियो अभिनयमा निरन्तरता रहन्छ, रहँदैन यस विषयमा भने केही बताएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की