शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची तालामाराङ बजारमा आगलागी

सोमबार, ०६ माघ २०७६, १२ : ०७
सोमबार, ०६ माघ २०७६

मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् ।  

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । 

त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । 

आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप