बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२५० किलोका आईएस आतकंकारी पक्राउ, भ्यानमा नअटाएपछि मिनी ट्रक

सोमबार, ०६ माघ २०७६, ११ : ५०
सोमबार, ०६ माघ २०७६

इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ । स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको थियो । तर उनी तौल बढी भएका कारण हलचल गर्न सकिरहेका थिएनन् । 

एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार शिफाको तौल २५० किलो रहेको छ । उनलाई पक्राउ गरेर ल्याउन प्रहरीको भ्यान सानो भएपछि ट्रक बोलाइएको थियो । शिफाको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शिफा तौल बढ्ने (ओभेसीटी)को समस्याबाट पीडित छन् । आईएसका शीर्ष नेताका अनुसार शिफा जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेताको रुपमा चिनिन्छन् । बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफा आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहँदै आएका थिए  ।

शिफाको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजका अनुसार शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरुलाई जागरुग गराउने काम गर्थे । र आतंककारीको दिमागमा विष घोल्ने काम गर्थे । उनी सुरुवातदेखि नै आईएसका शीर्ष नेता थिए । 

उनी आदेश जारी गर्थे र आतंककारीहरु खुलेआम हत्या र आतंकजस्ता कार्यमा समावेश हुनेगर्थे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप