शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गीतकार खरेल र पत्रकार गिरीलाई एपिक सम्मान

सोमबार, ०६ माघ २०७६, ११ : ४५
सोमबार, ०६ माघ २०७६

काठमाडौं । गीतकार किरण खरेल ‘एपिक दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित दोश्रो ‘एपिक नेपाल म्युजिक अवार्ड २०७६’मा उनलाई सो सम्मान दिइएको हो । 

कार्यक्रममा पत्रकार विदुर गिरीलाई ‘एपिक कला पत्रकारिता सम्मान’ दिइयो । पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझीले  सम्मानपत्र सहित सो सम्मान दुबैलाई प्रदान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका टोप बहादुर रायमाझीले कला क्षेत्रमा हुने यस्ता अवार्ड कार्यक्रमले कला सस्कृतिको जर्गेनामा योगदान पुग्ने बताए ।

समारोहमा सर्वोत्कृष्ट रास्ट्रिय गीतको अवार्ड शान्तिप्रियले चुम्न सफल भए । त्यस्तै आधुनिक तर्फ गायकको अवार्ड, जिस्काउथे मबाट सुमन कुमार श्रेष्ठ थाप्दा गायिकाको अवार्ड भर्खरै चिनजानबाट स्मृति शाही लिइन् । 

कार्यक्रममा गीतकार डा. डिआर उपाध्याय, संगीतकार राजकुमार बगर, मोडेल सनम कठायत, टीना श्रेष्ठ, जनक सिह, कृष्णराज भन्डारी, उज्वल गिरी, कैलाश मैनाली, नवीन शिरिसले, समीक्षा पोखरेल लगायतले अवाड थापे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप