शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरकी रोजिना बनिन् मिस ग्ल्याम नेपाल

सोमबार, ०६ माघ २०७६, ११ : ३९
सोमबार, ०६ माघ २०७६

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल २०२०’को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । राजधानीको ठमेल स्थित छायाँसेन्टरमा आयोजित फाइनल प्रतिस्पर्धामा उनले शिर्ष उपाधिको साथमा मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्टवाकको उपाधि समेत हात पारिन् ।

प्रतियोगितामा उनले उपाधिसँगै क्राउन, नगदका साथै बिभिन्न गिफ्ट समेत हात पारेकी छन् । 

१३ प्रतिस्पर्धी रहेको प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फष्टरनरअप र धरानकी सम्झना परियार सेकेण्ड भए । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन् । 

बिभिन्न अडिशनपछि मात्र फाइनल स्पर्धामा प्रतियोगी उत्रिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।

अन्तिम प्रतिस्पर्धाको निर्णकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, अभिनेत्री मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दयबिद शशि शाही रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप