बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बार्यन म्युनिखको सानदार जित

सोमबार, ०६ माघ २०७६, ०९ : ३५
सोमबार, ०६ माघ २०७६

बार्यन म्युनिखले जर्मन बुन्डेस लिगामा सानदा जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्यनले हर्था बीएससीलाई उसैको मैदानमा ४–० गोलले हरायो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्यनले चारवटै गोल दोस्रो हाफमा गरेको थियो ।

दोस्रो हाफमा एकपक्षीय प्रदर्शन गरेको बार्यनलाई जिताउन थोमस मुलरले ६०औं मिनेटमा खाता खोले । रोवर्ट लेवान्डोस्कीले ७३औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरे । थियगो अलकान्टाराले ७६औं र इभान पेरिसकले ८४औं मिनेटमा एक एक गोल थप्दै बार्यनलाई सजिलै जिताए ।

जितसँगै १८ खेलबाट ३६ अंक बनाएको बार्यन दोस्रो स्थानमा छ । १९ अंक बनाएको हर्था १४औं स्थानमा छ । बार्यन शीर्ष टोली लेइपजिगभन्दा चार अंकले पछाडी छ । शीर्ष स्थानमा रहेको लेइपजिगको ४० अंक छ । आइतबार रातिनै भएको खेलमा लेइपजिगले एफसी युनियन बर्लिनलाई उसैको मैदानमा ३–१ गोलले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप