बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पीएसजी फ्रेन्च कपको प्रिक्वार्टरफाइनलमा

सोमबार, ०६ माघ २०७६, ०९ : ३२
सोमबार, ०६ माघ २०७६

फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

आइतबार राति भएको खेलमा लोरिन्टलाई १–० गोलले हराउँदै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो । 

लोरिन्टको मैदानमा खेलिएको प्रतिस्पर्धातमक खेलमा पीएसजीलाई जिताउन पाब्लो सरबियाले निर्णायक गोल गरे । पाब्लोले ८०औं मिनेटमा  गोल गरेका थिए । 

अन्य खेलमा एन्जर्सले रोउनलाई ४–१, मोन्टपेलियरले केनलाई ५–०, डिजोनले निम्सलाई ५–० र रेनेसले एथ्लेटिको मार्सेलीलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप