उपाधितर्फ लम्कक्दै लिभरपुल
बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि तर्फ लम्किएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई २–० गोलले स्तब्ध बनायो । जितसँगै लिभरपुले शीर्ष स्थान थप मजबुत बनाएको छ । जारी सिजन अपराजित यात्रा कायम राखेको लिभरपुलको यो २१औं जित हो । लिभरपुलले एक खेल मात्र बराबरी खेलेको छ ।
लिभरपुलको जितमा भर्जिल भान डाइक र मोहमद सलाहले गोल गरे । भान डाइकले १४औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले ट्रेन्ट अलेक्जेन्डरको कर्नरमा पासमा गोल गरेका थिए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा काउन्टर प्रहारमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का बनाए । युनाइटेटविरुद्ध सलाहको यो पहिलो गोल हो । यसअघि सलाहले युनाइटेडको पोस्ट्मा गोल गर्न सकेका थिएनन् । जारी सिजन प्रिमियर लिगमा भिएआरको विरोध भइरहेको बेला आइतबार राति पनि लिभरपुलले पहिलो हाफमा गरेको दुई वटा गोल भिएआरको सहायतामा रद्ध भएको थियो । यद्यपी लिभरपुलले दोस्रो हाफमा थप उत्कृष्ट प्रदर्शन गर्दै विजयी भयो ।
युनाइटेडले पनि गोलका लागि राम्रा अवसर बनाएको थियो । तर युनाइटेडको प्रयासलाई लिभरपुलको रक्षापंक्तिले विफल पारिदियो । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २२ खेलबाट ६४ अंक छ । ३४ अंक बनाएको युनाइटेड पाँचौं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४८ अंक छ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ४५ र चौथो स्थानमा आसिन चेल्सीको ३९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो