शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज तपाईंको दिनमा के के शुभ हुँदैछ ? जान्नुहोस्

सोमबार, ०६ माघ २०७६, ०६ : २२
सोमबार, ०६ माघ २०७६

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी,५१ घडी ५३ पला,रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा,४६ घडी १४ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त ज्येष्ठा । योग– गंड,०८ घडी ५७ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त वृद्धि । करण– बव,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त वालव,रातको ०३ बजेर ४२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २६ घडी २८ पला । षट्तिला एकादशी व्रत।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाइ  लेखाइमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै विलासी जीवन व्यातित गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुने तथा रमाउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरपरिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ । मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविस्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । 


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिको तुलनामा खर्च कम हुने हुदा फइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप