केन्द्रीय संस्करण

चीनको शहरी जनसङ्ख्या बढ्यो

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0
file photo

एजेन्सी । चीनको कुल जनसङ्ख्याको ६०.६ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क सन् २०१८ को तुलनामा १.२ प्रतिशतले बढेको देखिएको छ । सन् २०१९ को अन्त्यसम्ममा चीनको शहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसङ्ख्या रहेको छ भने गाउमा ५५ करोड १६ लाख २० हजार देखिएको राष्ट्रिय तथ्याङ्क विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनको शहरी जनसङ्ख्यामा अघिल्लो वर्षभन्दा एक करोड ७० लाख बढेको छ भने गाउँको जनसङ्ख्या एक करोड २० लाख ३९ हजार घटेको विभागले बताएको छ । चीनको मध्य तथा पश्चिमी क्षेत्रमा गाउँबाट शहर पस्ने दर अत्यधिक रहेको छ भने यो दर पूर्वी तथा उत्तरी क्षेत्रमा तुलनात्मकरूपमा घटेको छ ।

चीनले भौगोलिक विकटताका कारण गरिबीको रेखामूनि बाँच्न बाध्य आफ्ना नागरिकलाई पछिल्ला केही वर्ष यता एकिकृत वस्ती निर्माण गर्ने र आधारभूत सार्वजनिक सेवा र  सामाजिक सुरूक्षाको प्रत्याभूत गर्ने योजनाहरूमार्फत् व्यवस्थित शहरीकरणलाई प्रवद्र्धन गर्ने रहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...