बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाविरुद्धको सिरिज भारतको पोल्टामा

आइतबार, ०५ माघ २०७६, २२ : २५
आइतबार, ०५ माघ २०७६

एजेन्सी । ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीको उत्कृष्ट प्रदर्शन गरेपछि अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय सिरिज घरेलु टोली भारतले जितेको छ ।

बैंगलोरमा आइतबार भएको खेलमा भारतले अष्ट्रेलियालाई सात विकेटले हरायो । यससँगै भारतले सिरिज २–१ ले जित्यो ।  पहिलो खेलमा भारत १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।

दुई सय ८७ रनको विजयी लक्ष्य पछयाएको भारतले ४७.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतको जितमा ओपनर रोहित शर्माले एक सय १९ रन बनाए । रोहितको यो एकदिवसीयमा २९औं शतक हो । कप्तान विराट कोहलीले ८९ रन बनाए । श्रेयर ऐरले अविजित ४४ र ओपनर लोकेश राहुलले १९ रन बनाए । अष्ट्रेलियाका एडम जम्पा, जोश हेजलवुड र एस्टन अगरले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा  दुई सय ८६ रन बनाएको थियोे । अष्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले एक सय ३१ रन बनाए । स्मिथको यो एकदिवसीयमा नवौं सतक हो । मार्नस लाबुसेनले ५४, एलेक्स करिले ३५, कप्तान आरोन फिन्चले १९ र एस्टन अगर ११ रन बनाए । भारतका तीब्र बलर मोहमद शामीले चार विकेट लिए । रविन्द्र जडेजाले दुई तथा कुलदिप यादव र नवदिप सैनीले एक एक विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप