केन्द्रीय संस्करण

एक सर्तमा रोनाल्डो रियलमा नै रहने

person access_timeअसार ४, २०७४ chat_bubble_outline0

म्याड्रिड – पछिल्लो सप्ताह पोर्चुगलका स्टार चर्चामा रहे । 

भर्खरै मात्र क्लबलाई किर्तिमानी १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डोले क्लब छाड्न चाहेको समाचारले धेरैलाई स्तब्ध बनायो ।

कर छली प्रकरणमा मुछिएपछि रुष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ बनाएको खबर छापिएको थियो ।

यस विषयमा रोनाल्डो आफैले भने केही बोलेका छैनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय माध्यमले रोनाल्डो निकट स्रोतलाई उल्लेख गर्दै प्राथमिकताका साथ छापेको थियो ।

पछिल्लो रिपोर्टका अनुसार रोनाल्डोले क्लबमा पुनः फर्कन एक सर्त रियल म्याड्रिड सामु राखेका छन् ।

डेली मिररमा छापिएको समाचार अनुसार रोनाल्डोले क्लबसामु आफूले तिर्न बाँकी रहेको भनिएको १४.७ मिलियन युरो क्बलले तिर्न माग गरेका छन् ।

यता, मार्काका अनुसार प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई फोन गरेर रियलमा नै रहन आग्रह गरेका छन् । त्यस्तै कप्तान सर्जियो रामोशले पनि रोनाल्डोलाई क्लबमा नै रहन सुझाव दिएका छन् ।

उता, रियलले क्लब छाड्ने चर्चा भएपछि विभिन्न क्लबहरुले रोनाल्डोलाई भित्र्याउने तयारी गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार पेरिस सेन्ट जर्मेन रियलका स्टार फरवार्डलाई भित्र्याउन १४० मिलियन युरो तिर्न तयार रहेको छ । क्लबले रोनाल्डोको एजेन्ट जर्ज मेन्डेससँगको कुराकानीमा रोनाल्डोले माग गर्ने वार्षिक ३० मिलियन युरो तलब पनि तिर्न तयार रहेको बताएको छ ।

उता म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले पनि उनको स्थितिलाई नजिकबाट नियाली रहेको बताइएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ