कामना सेवाको प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका– ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा आजबाट एकैसाथ २ वटा शाखा कार्यालय सञ्चालन आएका हुन ।
योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेको छ । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।
यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान