मुम्बईमा जारी कराँते खेलमा नेपाली खेलाडीलाई ४ पदक
आइतबार, ०५ माघ २०७६, १९ : १४
रौतहट । मुम्बईमा जारी एसिया कप कराँते च्याम्पियनसिपमा रौतहटका खेलाडीले ४ पदक हात पारेका छन् । महिला ४५ किलो तौल समूहमा रौतहटकी बिबिका श्रेष्ठले संवरण पदक हात पारेकी छिन । उनले कातामा श्रीलंकाका खेलाडीसँग पराजित हुँदै रजत पदक हात पारेकी हुन् ।
यस्तै पुरुष ५० किलो तौल समूहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदक हात पारेका छन् । कातामा समेत भाग लिएका बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ