बेल्जियमकी राजकुमारी र परराष्ट्रमन्त्रीबीच भेटवार्ता
काठमाडौं । बेल्जियमकी राजकुमारी अस्त्रिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । एकहप्ते नेपाल भ्रमणका लागि नेपाली आएका अस्त्रिद र ज्ञवालीबीच आइतबार साँझ भेटवार्ता भएको हो । उनले नेपाल बसाईको क्रममा कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका विरामीलाई भेट्नेछिन् ।
त्यसैगरी नवलपरासीको मध्यविन्दु असप्तालमा रहेको क्षयरोगका विरामीलाई भेट्ने कार्यक्रम पनि रहेको बताइएको छ । यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ । राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ
-
राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
न्यायमा सबैको सहज पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
देउवाले बोलाए शीर्ष नेताको बैठक