शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा

आइतबार, ०५ माघ २०७६, १८ : १४
आइतबार, ०५ माघ २०७६

काठमाडौं । महानगरीय अपराध महाशाखाले उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा मारेको छ। आइतबार महाशाखाको टोलीले काठमाडौँको सुन्धारा र गौशाला तथा ललितपुरको धापाखेलमा रहेको सुर्जिजन्य पदार्थको गोदाममा छापा मारेको हो ।

राजस्व छली गरी भारतबाट सुर्तिजन्य पदार्थ ल्याइएको सूचनाको आधारमा महाशाखाको टोली अनुगमनमा निस्किएको थियो। सोही क्रममा करिब ५० लाख बराबरको सुर्तिजन्य पदार्थ बरामद  गरेको छ ।

साथै केही मानिस पनि पक्राउ परेका छन् । यस विषयमा सोमबार विहान ११ बजे पत्रकार सम्मेलन गरिनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप