बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलद्वारा पदबाट राजीनामा

आइतबार, ०५ माघ २०७६, १७ : ४६
आइतबार, ०५ माघ २०७६

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । 

मन्त्रालय निकट स्रोतले खरेलले राजीनामा आइतबार मन्त्री योगेश भट्टराई समक्ष राजीनामा दिएको रातोपाटीलाई बतायो । 

यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो । 

झापाका खरेललाई सरकारले  २०७५ भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप