सभामुखको टुङ्गो लगाउन नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सभामुखको उम्मेदवार तय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ ।
महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए । ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले रातोपाटीलाई बताए ।
नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । यो विवाद चर्कदै गएपछि गत प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ । पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।
गत पुस २७ गते नेकपाका दुई अध्यक्षबीच भएको छलफल अनुसार माघ ६ को बैठक बस्नुअघि सभामुखमा सहमति जुटाउने र माघ ६ को बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्नेबारे कुराकानी भएको थियो । तर यो बीचमा अध्यक्षद्वयबीच पूर्व एमाले वा पूर्व माओवादी कुन समुहको सभामुख उम्मेदवार बन्ने भन्नेमा ओली र प्रचण्डढबीच सहमति जुट्न सकेको थिएन ।
यही विषयमा कुरा नमिल्दा दुई अध्यक्षबीच केही दिन सम्बाद नै रोकिन पुगेको थियो । केही दिनको संवादहिनतापछि गत विहीबारबाट दुवै अध्यक्ष पुन छलफलमा जुटेका थिए । सभामुखका लागि अध्यक्ष ओलीले सुवास नेम्वाङ र अर्का अध्यक्ष अग्नि सापकोटा सभामुखको उम्मेदवारका रुपमा अघि सारेका छन् । आज बस्ने सचिवालय बैठकमा नेम्वाङ र सापकोटामा सहमति नभए तेस्रो व्यक्ति सभामुखको उम्मेदवार बनाउने गरी निर्णय हुनसक्ने एक नेताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव