शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुको तिङ्लावासी किन उत्रिए तोडफोड र आगजनीमा ?

आइतबार, ०५ माघ २०७६, ११ : ३२
आइतबार, ०५ माघ २०७६

काठमाडौँ । राष्ट्रिय विद्युत् प्रसारण लाइनको विषयलाई लिएर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–११, तिङ्लाका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्नो क्षेत्रमा विद्युत् वितरण नगरी तिङ्लामा बनेको सबस्टेसनमा ३३ केभी प्रसारण लाइन जोडिएकोमा आपत्ति जनाएका हुन् ।

शनिबार सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रम राखिएको थियो । सबस्टेसन रहेको क्षेत्रमा विद्युतीकरण नगरी उद्घाटन गर्नुको औचित्य नरहने भन्दै तिङ्लाबासी आन्दोलनमा उत्रिएका हुन् ।

तिङ्लावासीको आन्दोलकै कारण सो क्षेत्रमा आइतबार पनि यातायात सञ्चालन हुन सकेको छैन । ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् भने स्थानीय प्रशासनले पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।


सोलुखुम्बु–१ का प्रतिनिधिसभा सदस्य हेमकुमार राई राष्ट्रिय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रममा सहभागी हुन सोलुखुम्बु पुगेका थिए । शनिबार उनीसहित प्रदेशसभा सदस्यहरु, विद्युत् प्राधिकरणका कर्मचारीहरु उद्घाटन कार्यक्रममा सहभागी हुनै लाग्दा अचानक तिङ्लामा विरोध सुरु भयो ।

 


शनिबार उद्घाटन कार्यक्रम बिथोल्नका लागि तिङ्लाबासीले गरेको आन्दोलनमा १६ वटा मोटरसाइकल र एउटा जिपमा आगजनी भएको थियो । प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् ।

आइतबार पनि आन्दोलन उग्र हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले सो क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

अराजक भीडले विरोध गर्‍यो : सांसद राई

सोलुखुम्बु–१ का प्रतिनिधिसभा सदस्य हेमकुमार राई राष्ट्रिय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रममा सहभागी हुन सोलुखुम्बु पुगेका थिए । शनिबार उनीसहित प्रदेशसभा सदस्यहरु, विद्युत् प्राधिकरणका कर्मचारीहरु उद्घाटन कार्यक्रममा सहभागी हुनै लाग्दा अचानक तिङ्लामा विरोध सुरु भयो ।

सांसद राईले भने, ‘पुस २ गते बिहानै काँग्रेसका केही कार्यकर्ता आएर विद्युतका कर्मचारीलाई थर्काएछन्, सबस्टेसन भएको क्षेत्रमा बत्ती नबाली अन्त बाल्न पाइँदैन भनेछन् ।’

तिङ्लामा विद्युत् वितरण नगर्ने कुनै योजना नरहेको उनले प्रष्ट पारे । ‘राम्रोसँग काम हुने हो भने १० दिन जतिमा तिङ्लामा पनि विद्युत् वितरण तयारीको काम सकिन्छ, त्यहाँ पनि बत्ती बल्छ,’ उनले भने, ‘तर कुरै नबुझी विकास विरोधीहरु आन्दोलनमा उत्रिए ।’


‘राष्ट्रिय प्रसारण लाइनमा जोडेर उद्घाटन गर्नुको अर्थ सोलुखुम्बु झिलिमिली भयो भन्ने हो,’ सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भने, ‘तर वास्तविकता त्यो होइन, नगरपालिकाकै कतिपय क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ भने यहाँ लोडसेडिङको समस्या पनि उस्तै छ ।’


तिङ्लाबासी के चाहन्छन् ?

सोलुखुम्बुमा विभिन्न हाइड्रोपावर निर्माण भइरहेका छन् । तीमध्ये एउटा पूरा भएको छ । निर्माण सम्पन्न भएकै हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारणलाइनमार्फत लैजान खोजेको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

ग्रामीण विद्युतीकरणको योजनअन्तर्गत सञ्चालित हाइड्रोपावरले स्थानीय तहमा विद्युत् उपलब्ध नगराई राष्ट्रिय प्रसारण लाइनमा जोडेर अन्यत्र लैजान खोजेकोमा उनीहरुले विरोध जनाएका हुन् ।

‘राष्ट्रिय प्रसारण लाइनमा जोडेर उद्घाटन गर्नुको अर्थ सोलुखुम्बु झिलिमिली भयो भन्ने हो,’ सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भने, ‘तर वास्तविकता त्यो होइन, नगरपालिकाकै कतिपय क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ भने यहाँ लोडसेडिङको समस्या पनि उस्तै छ ।’

प्रतिनिधि सभा र प्रदेश सभाका माननीयहरुको जोडबलमा जबर्जस्ती उद्घाटन गर्न खोजेपछि स्थानीयबासी आन्दोलित भएको उनको भनाइ छ । ‘आफ्नो क्षेत्रमा अन्धकार हुँदाहुँदै यहाँबाट अन्यत्र विद्युत् लैजान खोजेपछि स्थानीयबासीले विरोध गरेका हुन्,’ उनले भने, ‘अहिले त विद्युतीकरणको सुरुवात मात्र भएको छ, उद्घाटनका लागि यति हतार गर्नुपर्ने कारण थिएन ।’


तिङ्लाबासी यसअघि पनि मतदान बहिष्कार गरेर चर्चामा आएका थिए । उनीहरुले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेका थिए ।


स्थानीय स्तरमा विद्युतीकरण नै नभई ३३ केभी प्रसारण लाइन उद्घाटन गर्नुको अर्थ नरहने उनले बताए ।

तिङ्लावासी पटक पटक चर्चामा

तिङ्लाबासी यसअघि पनि मतदान बहिष्कार गरेर चर्चामा आएका थिए । उनीहरुले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेका थिए ।

सुरुमा उनीहरुले स्थानीय तह समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए । नेचासल्यान गाउँपालिकामा समावेश गरिएकोमा आपत्ति जनाउँदै उनीहरुले स्थानीय तहको निर्वाचन बहिष्कार गरेका थिए । पुनर्संरचनाको सीमाङ्कनप्रति असहमति जनाएका उनीहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि बहिष्कार गरे । एक हजार ५०० घर र ८ हजार जनसङ्ख्या रहेको तिङ्लामा ३ हजार ९०० मतदाता छन् ।

तीनवटै तहका निर्वाचनमा त्यहाँ मतदान नै भएन । यहाँसम्म कि मतदान बहिष्कार गरेकै कारण वडा तह अहिले जनप्रतिनिधिविहीन छ । हाल तिङ्लालाई सोलुदूधकुण्ड नगरपालिकामा समावेश गरिएको छ । तिङ्ला हाल सोलुदूधकुण्ड नगरपालिकाको ११ नम्बर वडा हो ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाका अनुसार विद्युत प्राधिकरणले जिल्लामा कार्यालय स्थापना गरेको एक महिनाभित्र विद्युत् प्रसारण लाइन सञ्चालन गर्न भनेका कारण शनिबार उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो । प्राधिकरणले कार्यालय सञ्चालन गरेको र कर्मचारीको व्यवस्थासमेत भइसकेका कारण विद्युत् प्रसारण उद्घाटन गरी सेवा सञ्चालन गर्न ताकेता गरेका कारण उद्घाटन कार्यक्रम राखिएको उनको भनाइ छ ।

तिङ्लामा सबस्टेसन राख्ने तर तिङ्लालाई नै विद्युत् नदिई अन्यत्र लैजान थालेको भन्दै त्यहाँका बासिन्दाले आन्दोलन गरेको अध्यक्ष बास्तोलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप