शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई कहिले पनि अरुभन्दा कम नसोच्नुहोस्, आफ्नो योग्यताको मूल्य आफैंले तोक्नुहोस्

आइतबार, ०५ माघ २०७६, १० : १७
आइतबार, ०५ माघ २०७६

गौतम बुद्धका यस्ता विभिन्न प्रसंग प्रचलित छन् जसलाई जीवन सफल बनाउनका लागि ध्यानमा राख्न जरुरी छ । यहाँ यस्तो एउटा प्रसंगबारे कुरा गरिएको छ जसमा हामीले आफूलाई अरुभन्दा कम सोच्न नहुने बताइएको छ ।

– प्रचलित प्रसंग अनुसार महात्मा बुद्ध कुनै गाउँमा बसेका थिए । गाउँभरीका र वरिपरिको स्थानबाट पनि मानिसहरु उनको दर्शन गर्न र प्रवचन सुन्न आएका थिए । एक दिन एक व्यक्ति उनलाई भेट्न आए र प्रश्न सोधे, ‘जीवनको मूल्य के हो ?’ बुद्धले ती व्यक्तिलाई एउटा पत्थर दिएर उत्तर पाउनुअघि त्यसको मूल्य पत्ता लगाउन अह्राए । तर त्यो बेच्न भने नपाइने शर्त राखे ।

– ती व्यक्ति पत्थर लिएर बजार पसे । त्यहाँ एक सुन्तला व्यापारीलाई ढुङ्गाको मूल्य भनिदिन आग्रह गरे । ती व्यापारीले त्यो पत्थर हेरे, निकै चम्किरहेको थियो । उनले त्यो पत्थर आफूलाई काम नलाग्ने बताउँदै यसको बदलामा १२ वटामात्र सुन्तला दिनसक्ने बताए । त्यसपछि ती व्यक्ति तरकारी पसले भएठाउँ पुगे । पत्थर देखेर तरकारी पसलेले भने, ‘एक बोरा आलु लिएर जाउ र यो पत्थर मलाई देउ ।’

– त्यसपछि ती व्यक्ति सुनार भएठाउँ गएर उक्त पत्थर देखाए । सुनारले पत्थरहेरेर त्यसको साटो एक हजार स्वर्ण मुद्रा दिनसक्ने बताए । ती व्यक्तिले पत्थर बेच्न अस्विकार गर्दा सुनारले हजार स्वर्ण मुद्रा दिने बताए । त्यसपछि पनि ती व्यक्तिले पत्थर बेच्न नमानेपछि सुनारले भने, ‘तिमी यसको जे मूल्य माग्छौ, त्यो म दिनसक्छु ।’ त्यसपछि ती व्यक्तिले स्पष्ट पारे, ‘म यो पत्थरलाई बेच्न सक्दिनँ । मलाई यसको मूल्य मात्र थाहा पाउनुथियो ।’

– सुनारपछि ती व्यक्ति हिरा व्यापारी भएठाउँ पुगे र त्यो पत्थर देखाए । ती व्यापारीले उक्त पत्थर देखेपछि त्यो अनमोल रत्न भएको बताए । व्यक्ति अचम्ममा परे । त्यसपछि उनी बुद्ध भएठाउँ पुगे । उनले आफूले भोगेको सबै कुरा बताएपछि बुद्धलाई जीवनको मूल्य बताइदिन पुनः आग्रह गरे ।

– बुद्धले भने, ‘सुन्तला व्यापारीले यो पत्थरको मूल्य  १२ वटा सुन्तलासँग तुलना गरे । तरकारी पसलेले एक बोरा आलुसँग, सुनारले चार हजार स्वर्ण मुद्रासँग र हिरा व्यापारीले यसलाई अनमोल बताए । यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ । हरेक व्यक्ति एक हिरा हो, तर अर्को व्यक्तिले हाम्रो मूल्यलाई उनीहरुको सामथ्र्य र जानकारी अनुसार तोक्ने गर्छन् । हामीले हाम्रो योग्यताको तुलना कसैसँग पनि गर्नु हुँदैन । योग्यताको मूल्य हामी आफैंले लगाउनुपर्छ किनभने कोही दोस्रो व्यक्तिले हाम्रो सही मूल्य लगाउन सक्दैनन् । यदि कसैले हाम्रो योग्यताको मूल्य लगाउँछ भने उसको सामथ्र्य अनुसार लगाउनेछ । त्यसकारण कहिले पनि आफूलाई अरुभन्दा कम सोच्नु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप