शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शबाना आजमीका ड्राइभरविरुद्ध मुद्दा दर्ता, लापरवाहीको आरोप

आइतबार, ०५ माघ २०७६, ०९ : ४०
आइतबार, ०५ माघ २०७६

मुम्बई–पुणे एक्सप्रेसवेमा शनिबार शबाना आजमीको दुर्घटना भएको थियो । यो मामलामा ट्रक ड्राइभरले शबानाका ड्राइभरविरुद्ध मुद्दा दर्ता गरेका छन् । ट्रक ड्राइभरले शबाना आजमीका ड्राइभर अमलेश कामतविरुद्ध खालापुरमा मुद्दा दर्ता गराएका हुन् ।

ट्रक ड्राइभरले आरोपमा भनेका छन्, ‘शबानाका ड्राइभरले तीब्र गतीमा गाडी चलाइरहेका थिए । गाडीले ट्रकलाई ठक्कर दिएको थियो । उनको लापरवाहीका कारण दुर्घटना भएको हो ।’

महाराष्ट्रको रायगढ जिल्लामा शनिबार भएको एक सडक दुर्घटनामा कारमा यात्रा गरिरहेकी चर्चित अभिनेत्री शबाना आजमी घाइते भएकी थिइन् ।

अस्पतालका एक शीर्ष अधिकारीले उनलाई उपचारका लागि मुम्बईको कमोठे स्थित महात्मा गान्धी मिशन मेडिकल कलेज एण्ड हस्पिटल पुर्‍याइएको र पछि उनलाई अंधेरीको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा रिफर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप